कामदार जापान पठाउन नक्कली कागजपत्रको धन्धा १४ मेनपावर कम्पनी कारवाही

0
9

झापा । बैदेशिक रोजगारीको नाममा सर्वसाधारण ठगिने क्रम बढेपछि सरकारले ठगीमा संलग्नलाई कार्वाही गर्न अभियान थालेको छ । पछिल्लो समय नक्कली कागजात बनाई जापान पठाउने कार्य बढेसँगै सर्वसाधारण पीडित बनेका छन् ।
त्यस्तो कार्यमा संलग्न विभिन्न संस्था कार्वाहीमा परेका छन् । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाइदिने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले कारवाही गरेको हो । विभागको सोमवार बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो भने अन्य संस्थाहरुको अनुसन्धान गरिरहेको छ । यी संस्थाहरुले जापानिज भाषा र संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाण–पत्र पेश गरी श्रम स्वीकृति लिएर नेपाली कामदारलाई जापान पठाएको विभागमा उजुरी परेको थियो ।
विभागको प्रारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका एजेन्सीलाई निलम्बन गरी अनुसन्धान गर्ने भएको छ । निलम्बन पर्ने संस्थाहरुमध्ये गुडविल लाइफ इन्टरनेशनल इन्प्लोईमेण्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज, रोयल ओभरसिज, जबस् ग्लोबल डट कम इम्पोईमेण्ट, लायन्स इन्टरनेशनल नेपाल, भण्डारी ओरभसिज, वल्ड फेवर ओभरसिज, एनएपी इन्टरनेशनल, मञ्जुश्री ओभरसिज, एएनएक एशोसियट, क्यापिटल इन्टरनेशल म्यानपावर, ग्यान्ड स्वीट जब र अक्सन इनटरनेशललाई निलम्बलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here