चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

0
8

झापा।

झापाको भद्रपुर नगरपालिका–४ तारानगरबाट चोरीको मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगञ्ज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् ।

उनीहरुले मे ११ प ४३०७ नम्बरको एफजेट मोटरसाईकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाईकल बिर्तामोड नगरपालिका–४ मेघावारीबाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here