कोशीका स्काउटरलाई प्रशिक्षण

0
8

झापा ।

नेपाल स्काउट, कोशी प्रदेशको आयोजनामा १८८औं कब बिटिसी तथा १७८औं ब्राउन आउल पिटिसी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिमको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालले उद्घाटन गरेका थिए । कार्यक्रममा दाहालले स्काउटसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता व्यक्त गर्दै स्वयम्सेवी भूमिका वर्तमान सन्दर्भमा सार्थक रहेको बताए ।

कोशी प्रदेश अध्यक्ष रवि खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, उर्मिला सुब्बा, कोर्सलिडर अरुण बस्नेत, शिवानी देवान लगायतले बोलेको कार्यक्रममा स्वागत हेमन्त भण्डारीले गरेका थिए ।

कार्यक्रममा सन् २०३२ सम्ममा सात लाखको संख्यामा स्काउट सदस्य बनाउने लक्ष्य राखिएको बताइएको छ । कोशी क्षेत्रका विभिन्न जिल्लाबाट ४८ जना स्काउटर शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमलाई शिवानी देवान र अरुण बस्नेत र नारायण श्रेष्ठले कोर्सलिडरको भूमिकामा प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here