गठबन्धनलाई विश्वासको मत दिने राप्रपाको ‘ग्रिन सिग्नल’

0
8

झापा । कोशी प्रदेशको निर्णायक शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सत्ता गठनबन्ध दललाई समर्थन गर्ने ‘ग्रिन सिग्नल’ दिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई आफू नेतृत्वको राप्रपाले विश्वासको मत दिएपनि सरकार नटिक्ने अवस्थामा पुगेकाले नयाँ सरकार गठनका लागि गठवन्धनलाई विश्वासको मत दिने संकेत गरेको हो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले संविधानको धारा १६८ को उपधारा ५ मा पुगेपछि राप्रपाले सरकार गठनमा निर्णय गर्ने बताए । उनले भने हामी ढुस हुने गरी मतदान गर्दैनौं । अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको र अहिलेको सरकारमा पनि राप्रपा सहभागी छैन ।
सिटौलाको भनाई अनुसार यस पटक राप्रपाले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने प्रष्ट छ । यसअघि कार्की नेतृत्वको प्रदेश सरकारमा सहयात्री रहेको राप्रपाले यो पटक भने विश्वासको मत नदिने भएको हो ।

‘हामीले विश्वासको मत दिँदा पनि वर्तमान सरकार टिक्दैन,’ सिटौलाले भने ‘४२ जना देखाएमात्रै मत दिएर सहयोग गछौं । नत्र हामीले सहयोग गर्दा पनि त्यसको महत्व रहँदैन ।’ यद्यपी संसदीय दलको बैठकले त्यसबारे निर्णय गरिनसकेको उनले बताए । यसअघि सिटौलाले सरकारमा सहभागी नभए पनि एमालेसँग लामो सहकार्य रहेकोले विश्वासको मत दिने बताउँदै आएका थिए ।

भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा राख्ने तयारी गरेका छन् । राप्रपाले साथ दिएको खण्डमा पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना छैन ।
प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० सिट छ भने राप्रपाको ६ सिट छ । सभामुखविहिन प्रदेशसभामा बैठकको अध्यक्षता उपसभामुखले गर्नुपर्ने भएकोले कार्कीले एमालेका ३९ मत मात्र पाउँछन् । राप्रपाले विश्वासको मत दिएपनि उनले ४५ मत मात्र पाउने अवस्था बन्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।
राप्रपाको कार्यसम्पादन समितिले अध्यक्ष राजेन्द्र लिङ्देनलाई कोशी प्रदेशबारे निर्णय गर्ने अधिकार दिएको छ । अध्यक्ष लिङ्देनले विश्वासको मत दिने निर्णय नभएको बताए । त्यसबारे एमालेसँग छलफलसमेत नभएको उनको भनाइ छ ।

‘हामीसँग एमालेले अहिले छलफल पनि गरेको छैन,’ उनले भने ‘हामीले मतदान गर्दा पनि सरकार टिक्दैन । एमालेले हामीले मत दिँदा बहुमत पुग्छ भन्ने विश्वास दिलायो भने सोच्न सकिन्छ ।’ उनले यो सरकारले बहुमत कायम गर्ने संभावना नदेखेको पनि बताए ।

लिङदेनले धारा १६८ को उपधारा ५ मा पुगेपछि भने सोच्न सकिने बताएका छन् । तर, त्यसबारे अहिलेसम्म गठबन्धनसँग पनि कुनै छलफल नभएको जानकारी दिए । विश्वासको मतपछाडि छलफल हुने उनले बताए ।

नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपी मत नदिने उनीहरुको भनाइ छ ।

प्रदेशसभमा विपक्षीमा बेञ्चमा रहेका कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी को १ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here