अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु

0
7

एजेन्सी ।

काबुल अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा  भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ ।

अमेरिका र तालिबान समूहबीच सन् २०२१ को अगष्टमा कतारमा भएको सम्झौतापछि अमेरिका समर्थित अफगानी सरकार सत्ताच्युत भएको थियो ।

तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट संगठनको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरूको खतरामा अफगानिस्तान रहेको छ ।

बगलान प्रान्तको राजधानी पोल–ए–खोमरीस्थित इमाम जमान मस्जिदमा जुमेको नमाजका लागि भेला भएका शिया धर्मावलम्बीहरूलाई लक्षित गरिएको विस्फोटको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here