इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’

0
6

नयाँ दिल्ली,

हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको हो ।

यस अभियानअन्तर्गत पहिलो उडानबाट शुक्रबार २१२ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । भारतीय यात्रु बोकेर इजरायलबाट उडेको पहिलो जहाज राजधानी नयाँ दिल्ली पुग्दा केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले स्वागत गरेका थिए ।

इजरायलमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान अझै जारी रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चार्टर्ड उडानमार्फत् भारतले यस अभियान सञ्चालन गरेको हो । यद्यपि आवश्यक परेको खण्डमा नौसैनिक विमानको पनि प्रयोग गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल भारतमा १८ हजारभन्दा धेरै भारतीय नागरिकहरु रहेको बताइएको छ । यीमध्ये अधिकांश सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here