दमकबाट ब्राउन सुगरसहित चार जना पक्राउ

0
8

झापा।

झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय समिर गजमेर, २४ बर्षीय रोशन माझी, सोही स्थान ६ का २९ बर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ बर्षीय सागर लिम्बु रहेका छन् ।

समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here