आजको मौसम: कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

0
7

काठमाडौँ,

हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ ।

काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ ।

यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here