बुढ्यौलीको साहरा

0
9

जीवनमा धेरै कुराहरू पाउन असाध्यै मेहनत गर्नुपर्छ । तर, बुढ्यौली भने बिना कुनै मेहनत आइहाल्छ । बुढ्यौली बढ्दै गएपछि मानिसको शरीरमा तागत घट्न थाल्छ । बिस्तारै रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन थाल्छ । शरीर कमजोर हुँदै गएपछि आफ्नो काम पनि आफैं गर्न सक्ने अवस्था हुँदैन । उठ्न बस्न समेत सहयोगको आवश्यकता पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला हेरविचार गर्नको लागि एक व्यक्ति हरदम साथमा हुनुपर्ने हुन्छ ।

घर परिवारको व्यक्तिले हरदम समय दिन सक्ने सम्भावना कम हुन्छ । त्यसैले विश्वाविसलो व्यक्तिको खोजी हुन्छ । तर, आजभोलि सहयोगी अथवा विश्वासिलो सहयोगी पाउन मुश्किल हुन्छ । विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण केयर होम खोजिरहेका हुन्छन् । केयर होमले बुढेसकालमा घरमा कोही नआउने चिन्ता घटाउँछ । यही आवश्यकतालाई मध्यनगर गर्दै निजी स्तरमा सञ्चालित केयर होम जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्ता व्यक्ति अथवा परिवारको समस्या समाधान गर्नको लागि अहिले शहरी क्षेत्रमा प्राइभेट केयर होम सञ्चालनमा रहेको पाइन्छ ।

केयर होमले ज्येष्ठ नागरिकलाई मात्रै नभएर परिवारलाई नै राहत मिलेको छ । वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन त्यसैले यस्तो केयर सेन्टरले ठूलो राहत दिने गर्दछ । घर परिवारको व्यक्तिले हरदम समय दिन सक्ने सम्भावना कम हुन्छ । त्यसैले विश्वाविसलो व्यक्तिको खोजी हुन्छ । तर, आजभोलि सहयोगी अथवा विश्वासिलो सहयोगी पाउन मुश्किल हुन्छ ।

विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण केयर होम खोजिरहेका हुन्छन् । ज्येष्ठ नागरिक लक्षित खुल्ने केयर होमहरूले एकल परिवारको लागि धेरै सहयोग पुगेको छ । दैनिकी धान्नको लागि कमाई गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा घरमा भएका ज्येष्ठ नागरिकलाई समय दिएर हेरबिचार गर्ने, उनीहरूसँग बसेर गफ गरिरहने, अस्पताल ल्याउने लाने गर्न मुश्किल हुन्छ । त्यसैले यस्त केयर होमले फाइदा पुगेको छ ।

पहिला सकेसम्म आफन्त, अथवा कोही विश्वासिलो व्यक्ति खोजेर साथी राखिदिने प्रचलन थियो । सन्तान नभएका र छोराछोरी बाहिर भएका व्यक्तिहरूले आम्दानीको केही प्रतिशत केयर होमको लागि बचत गर्ने थालेको केही अध्यनहरुले देखाएको छ । ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ, त्यसैले पनि केयर होममा प्राईमरी उपचारका सामग्री राख्नु पर्छ । पछिल्लो समयमा डिप्रेसनले वद्धा अवस्थामा पार्ने गरेको छ ।

उदासीनपना वयस्कहरुको लागि एक साधारण समस्या हो, तर यो बृद्धहरुको लागी भने सामान्य भागे होईन । अध्यनहरुका अनुसार उमेर बढ्दै जाँदा विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्नु पर्ने लगायत विभिन्न औषधिको साइड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महशुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुन जान्छ ।

बुढ्यौली (एजिंग)लाई नेपालीमा प्रौढता, वृद्धत्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढो हुने अवस्था वा बृद्ध उमेरमा प्रवेश गर्ने अवस्थालाई जनाउँछ । बुढ्यौली मानव जीवनचक्र अन्तिम अवस्था हो । यो प्रकृतिप्रदत्त नियम हो । शारीरिक कमजोरी हुने मान्छेले पहिलेको जस्तो फूर्तिका साथ हिँड्न, समाउन, सुन्न र देख्न पनि सक्दैन । यसै लाई बुढ्यौली लागेको भनिन्छ । यस्ता अवस्थामा विशेषगरी शहरी ज्येष्ठ नागरिकहरूले स्याहार पाउन सकेका छन् ।

यतिमात्र होइन शारीरिक परिवर्तनको आधारमा वृद्धत्व अनुभव हुन सक्छ । जस्तै ऐनामा कपाल फुलेको वा निधार चाउरिएको देखेर वृद्धावस्था अनुभव हुन सक्छ । वृद्धत्वको एउटा पहिचान हो सक्रियतामा कमी । बालकहरूको स्वभाव नै चञ्चलपन हो । युवा अवस्थामा सक्रियता रहन्छ, तर वृद्धावस्थामा निष्क्रियता बढ्छ । समाजमा वृद्धा अवस्था बारे नकारात्मक धारणा हटाउने, वृद्धहरूलाई समाजका हितमा सक्रिय बनाएर उनीहरूमा रहेको असीम ज्ञान र अनुभवबाट समाजले फाइदा लिन समाजले जान्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here