पत्रकार उपचार कोषलाई दुलालको सहयोग

0
11

बिर्तामोड।

झापा बाह्रदशीका सामाजिक व्यक्तित्व तथा राजनीतिकर्मी रामप्रसाद दुलालले पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा दुलालले शुक्रबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

दुलालले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आगामी दिनमा पनि सहयोग गर्ने बताउदै अरुलाई पनि सहयोगका निम्ति अपिल गरेका छन् ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा दुलाललाई धन्यवाद ज्ञापन गरे । रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य रञ्जित परियार, होमप्रकाश अधिकारी तथा दिलकुमार नेम्वाङ लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here