आठ लाख मूल्य बरावरको बारुदजन्य विस्फोटक पदार्थ डिस्पोज

0
11

झापा। नेपाल प्रहरीले झण्डै आठ लाख मूल्य बरावरको बारुदजन्य विस्फोट पदार्थ (पटाका) पक्राउ गर्दै नष्ट गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका पटकाजन्य सामग्री जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र नजिकै खााल्डो खनेर डिस्पोज गरिएको हो ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याएको प्रतिबन्धित पटाका ७ लाख ९५ हजार ८०० मूल्य बरावरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नाायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याइएको खुर्सानी बम , फूलझरी , बुलेट बम , कोकटेल बम , चकलेट बम , झिरझिरे , इलेक्ट्रिक बम , रकेट बम , मटका बम र सुपर डिलक्स बम सबै डिस्पोज गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट ६ लाख ४५ हजार ५०० तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टा , इप्रका केचना र इप्रका जलथलबाट १ लाख ५० हजार ३०० रुपैयाँको पटाका बरामद गरिएको डीएसपी रिजालले जानकारी दिए ।
यसअघि सशस्त्र प्रहरीले साढे ९ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here