दलाइ लामाले भने तिब्बत कहिले पनि चीनको हिस्सा थिएन अमेरिका , तिब्बतीहरु पनि स्वतन्त्र हुनुपर्छ

0
6

काठमाण्डौं ।

लामो समयदेखि चलिरहेको तिब्बत–चीन विवाद समाधानका लागि अमेरिकाले अर्को कदम अगाडि बढाएको छ । हालै अमेरिकी संसदको शक्तिशाली समितिले तिब्बतको इतिहासबारे चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रचारलाई सम्बोधन गर्ने निर्णय गरेको छ। उनीहरुले चीनको पुरानो विवाद समाधान गर्न दलाई लामाका राजदूतहरुसँग वार्ता गर्ने विधेयक पारित गरेका छन् ।

अमेरिकी सांसदले तिब्बत प्राचीनकालदेखि नै चीनको हिस्सा रहेको भन्दै विधेयकमा चीनको दाबीलाई झुठो भनेका छन् । अमेरिकी प्रतिनिधि सभाको विदेश मामिला समितिले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । समितिका अध्यक्ष माइकल म्याकलले भने, “यो विधेयकले तिब्बतमा ‘चिनियाँ कम्युनिष्ट पार्टी’ (सीसीपी) र प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरूबीच वार्ताको आवश्यकतालाई जोड दिन्छ। कुनै पनि प्रस्तावमा तिब्बती जनताको इच्छा र आवाज समावेश हुनुपर्छ।

तिब्बती प्रजातन्त्र-प्रेमी जनता-माइकल म्याकल

माइकल म्याकलले भने कि तिब्बतीहरू लोकतन्त्र प्रेमी मानिसहरू हुन् जसले आफ्नो धर्म स्वतन्त्र रूपमा पालन गर्न चाहन्छन्। तिनीहरू चाहन्छन् कि हामी अमेरिकामा जस्तै तिनीहरूको इच्छाको सम्मान होस्। हामीले पाएको स्वतन्त्रता तिब्बतका जनताले पनि उपभोग गरून् भन्ने हामी चाहन्छौं।

अमेरिकी सांसदले पेश गरेको विधेयकमा दलाई लामाका राजदूत वा तिब्बती जनताका प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरूसँग वार्ता पुनः सुरु गर्न चिनियाँ सरकारलाई दबाब दिने उल्लेख छ। सन् २०१० देखि वार्ता प्रक्रिया ठप्प छ । म्याककलले सत्तारुढ सीसीपीको तिब्बतका जनतामाथि दमनको लामो र हिंसक इतिहास रहेको बताए ।

दलाई लामा भारत जान किन बाध्य भए

अक्टोबर १९५० मा चिनियाँ कम्युनिस्ट सेनाले तिब्बत जबर्जस्ती कब्जा गरेको थियो र त्यस क्रममा हजारौं तिब्बती जनता र बौद्ध भिक्षुको हत्या भएको थियो । उनले तिब्बतका जनतामाथि सीसीपीको निरन्तर दमनका कारण दलाई लामा अन्ततः भारत जान बाध्य भएको बताए ।

यो दुव्र्यवहार आज पनि जारी रहेको उनले बताए । म्याककलले भने, “अमेरिकाले तिब्बत प्राचीन कालदेखि नै चीनको हिस्सा थियो भनेर कहिल्यै स्वीकार गरेको छैन न स्वीकार गर्छ । यो अमानवीय ब्यवहार चीनले बन्द गरेर तिब्बतलाई स्वतन्त्र देशको मागलाई सम्बोधन गर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here