चीनलाई अहिलेसम्म कै ठुलो धक्का ( बिआरआइ ) कति असर

0
4

एजेन्सी,

फिलिपिन्सपछि इटाली पनि चीनको ‘बेल्ट एन्ड रोड’ बाट बाहिरिएकोले चीनलाई ठुलो झटका लागेको छ ।

चीनले विभिन्न देशलाई आफ्नो जालोमा फसाउन खोजेको खुलासा हुन थालेको छ । के चिनको सि जिनपिङ आफ्नै जालमा फसेका छन् ? चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको सुरुवात गरेका थियो ।

यो संसारको सबैभन्दा ठूलो पूर्वाधार परियोजनाहरू मध्ये एक हो । जुन अब फेल हुने कि चीनमा चर्चा शुरु भएको छ । चीनले यो परियोजनालाई ऐतिहासिक सिल्क रुटको रुपमा प्रस्तुत गरेको छ । मध्ययुगीन कालमा चीनलगायत धेरै देशले एसिया र युरोपका देशहरूसँग व्यापार गर्न सिल्क रुट प्रयोग गरेका थिए।

चिनले आफ्नो पहुँच सुनिश्चित गर्न व्यापार, लगानी र राजनीतिक पकड बलियो बनाउने चीनको प्रयासलाई इटालीले औपचारिक रूपमा बेल्ट एण्ड रोड इनिसिएटिभबाट बाहिरिएपछि ठूलो धक्का लागेको छ । यसअघि नोभेम्बरमा, दक्षिण चीन सागरमा फिलिपिन्सको डुङ्गा र चिनियाँ तटरक्षक जहाजबीच ठक्कर भएपछि फिलिपिन्सले बीआरआई परियोजनाबाट बाहिरिने घोषणा गरेको थियो । चीनले आफ्नो छिमेकी माथि जहिले पनि सिमा मिच्ने जस्तो कार्य गर्दै आएको छ ।

इटालीले २०१९ मा ठूलो उत्साहका साथ BRI मा सामेल भएको थियोे । त्यतिबेला इटालीका प्रधानमन्त्री फाइभ स्टार आन्दोलनका नेता ज्युसेप्पे कोन्टे थिए। बीआरआईमा इटालीको समावेश हुनु चिनियाँ राष्ट्रपति सी जिनपिङको ठूलो राजनीतिक विजय थियो। चीनले इटालीलाई युरोपमा घुसपैठ गर्न प्रयोग गर्ने भनिएको थियो । तर जर्जिया मेलोनीको सरकार गठन भएदेखि, इटालीले २०२४ मा बिआरआई सम्झौता नवीकरण गर्न नसक्ने अनुमान गरिएको छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here