भीमसेन साकोसद्वारा ११ सम्मानित

0
7

सुरुङ्गा ।

भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाले २ कर्मचारीसहित ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ ।

सुरुङ्गा जेसीजको सभाहलमा आयोजित संस्थाको १४ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा मोतीलाल श्रेष्ठ, उत्कृष्ट बचतकर्ताका रूपमा रूद्रबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीका रूपमा कमला श्रेष्ठ र रबिना दाहाललाई सम्मान गरिएको थियो ।

त्यसै गरी, संस्थाका ७० वर्ष उमेर पार गरेका शेयर सदस्यहरू जीतबहादुर श्रेष्ठ, चन्द्रकला श्रेष्ठ, यामबहादुर कार्की, रामनाथ श्रेष्ठ, जीवबहादुर श्रेष्ठ, गणेशप्रसाद श्रेष्ठ र भीमकुमार श्रेष्ठलाई नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले आ.व. २०७९/०८० को समीक्षा र आ.व. २०८०/०८१ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा लेखा समितिका सदस्य कमलप्रसाद भट्टराईले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

वार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । २०६६ साल असोज २६ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भई कार्यारम्भ गरेको भीमसेन साकोसमा हाल २ सय १ महिलासहित ५ सय २० शेयर सदस्य रहेका छन् ।

हाल संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५६ लाख ६६ हजार ४ सय रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ६ करोड २९ लाख ४९ हजार २ सय १२ रूपैयाँ रहेको लेखापाल टेकनारायण श्रेष्ठले जानकारी दिए ।

जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी खनाल (सुवेदी) को प्रमुख आतिथ्य र कनकाई नगरपालिका सहकारी कार्यालयका प्रमुख हरिप्रसाद पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भरतकुमार श्रेष्ठ, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था सुरुङ्गाका सचिव छबि थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा काजी पाठक र यामकुमार श्रेष्ठले टिपोट समिति, कृष्णबहादुर अधिकारी, तीर्थबहादुर श्रेष्ठ र खगेन्द्रकुमार श्रेष्ठले निर्णय लेखन समिति र रूद्रबहादुर श्रेष्ठ र सोमनाथ मिश्रले निर्णय पुस्तिका प्रमाणित समितिको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सुरुङ्गा कनकाई साकोसका सचिव श्यामकुमार पौडेल, सल्लाहकारहरू रामबाबु महर्जन, हेमनारायण श्रेष्ठ, मैया चौहान, पूर्व सल्लाहकार मानबहादुर भुजेल लगायतको आतिथ्य रहेको थियो ।

संस्थाका उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको उदघाटन सत्र सञ्चालक समिति सचिव तेजबहादुर प्रधान र बन्द सत्र सदस्य तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here