मानवअधिकारको अवस्थामा सुधार नआएको गुनासो

0
11

झापा ।

मानव अधिकारको अवस्थामा अझै पनि सुधार नआएको सरोकारवालाहरुले बताएका छन् ।

आइतवार बिर्तामोडमा आयोजित ७५औं मानव अधिकार दिवसका सन्दर्भमा सरोकारवालाहरुसँगको छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्ववार्षिक समीक्षा कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् । उनीहरुले अहिलेपनि राज्य पक्षबाट नागरिकहरु पीडित हुनु परिरहेको बताएका थिए ।

मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रम सञ्जालका झापा अध्यक्ष डा. रुपक खनालको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा जिल्ला प्रतिनिधि नरेश खातीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै झापामा राज्यपक्षसहित विभिन्न पक्षबाट एक सय २८ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएको बिवरणमा राज्यपक्षबाट गोली प्रहारको घटना एउटा घटेको उल्लेख छ । त्यस्तै हत्याका घटना ५, हत्या प्रयास १, घरेलु हिंसाको १, बलात्कार ७२, बलात्कार प्रयास १२, वहुविवाह १४, मानवबेचविखन १, गर्भपतन १, जातीय भेदभाव १, यौन दुव्र्यवहार १६, आर्थिक÷सामाजिक÷सांस्कृतिक अधिकार तोडफोड एक, आत्महत्या दुरुत्साहनका दुई वटा घटना घटेको उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजाल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, भुटानी शरणार्थी प्रतिनिधि तिलक राई लगायतको आतिथ्य रहेको थियो ।

एकल महिला सञ्जाल झापाकी अध्यक्ष मीरा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपक दासले गरेका थिए । यसअघि मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभातफेरि सम्पन्न भएको थियो । मानव अधिकार सञ्जाल झापाको आयोजनामा सम्पन्न प्रभातफेरिमा मानवअधिकार सम्वद्ध संघ–संस्थाका पदाधिकारी, प्रतिनिधि तथा गोमेन्द्र बहुमुखी कलेज, आदर्श स्कूल अफ म्यानेजमेन्ट लगायत शैक्षिक संघ–संस्थाहरुका बिद्यार्थीको सहभागिता रहेको थियो ।

बिर्तामोडस्थित हनुमान सेन्टरबाट शुरु भएको प्रभातफेरि बिर्तामोड नगर परिक्रमा गरी पुनः उही ठाउँमा आएर समापन गरिएको थियो । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. खनालको नेतृत्वमा भएको प्रभातफेरि समापनको सहजीकरण दीपक दासले गरेका थिए भने मानव अधिकारकर्मी विष्णु खरेलले मानवअधिकार सम्बन्धी महासन्धि र दैनिक बोलीचालीका क्रममा हुने मानवअधिकार हनन्का शब्द प्रयोगबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here