दन्तकालीमा हस्तकला प्रतियोगिता

0
7

चारआली।

नेपाल स्काउट मेची तदर्थ समितिको आयोजनामा दन्तकाली बोर्डिङ स्कूल चारआलीमा अन्तर स्काउट दल हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।

मेचीनगर क्षेत्रभित्रका २१ वटा विद्यालयका स्काउट विद्यार्थीको सहभागिता रहेको थियो । हस्तकला प्रतियोगितामा बाल सुबोधिनि माविकी आस्था सुवेदी प्रथम, इस्ट होराइजन बोर्डिङकी प्रीन्सेस सिथुङ दोश्रो र टिटिएल स्काउट दलका चन्द्र विक तेश्रो भएका थिए ।

मूल्य नपर्ने खेर गएका स्थानीय उपलब्धताका आधारमा विभिन्न आकारका हस्तकलाका सामग्रीहरु एक घण्टा ३० मिनेटको समयमा प्रतियोगी विद्यार्थीहरुले प्रयोग गर्दै हस्तकला तयार गरेका थिए । ११ वर्षदेखि १५ वर्षका विद्यार्थीहरुले सो अवसरमा मकैका खोसेला, पराल, माटो, काठ, बास, नरिवलको पात, कार्टुन, पुराना पत्रपत्रिका, ढुंगा, कागज लगायतका सामग्री आफैले ल्याएर प्रयोग गरेर आकर्षक सामग्री तयार गरेका थिए ।

मेची तदर्थ समितिकी सदस्य शुष्मा सुब्बाको सभापतित्वमा एवम् दन्तकाली बोर्डिङ स्कूलका फाउन्डर अर्जुनकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुवर्ण भट्टराई, लोकबहादुर लुइँटेल, दन्तकालीका प्रिन्सिपल प्रेम पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवानी देवानले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here