सिग्देलको ‘बिर्तामोड : उद् भव र विकास’ को परिचर्चा

0
5

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

पत्रकार तथा लेखक तीर्थ सिग्देलद्वारा लिखित ‘बिर्तामोड: उदभव र विकास’ पुस्तकको परिचर्चा कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।

कार्यक्रमका परिचर्चाकार वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले लेखकको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए। पुस्तकको समीक्षा गर्दै उनले लेखकको ठूलो प्रयासले सिर्जित उक्त पुस्तक बिर्तामोडको खोजअनुसन्धान गरेर तयार पारिएको एउटा अद्वितीय तथा ऐतिहासिक कृति भएकाले बिर्तामोडबासीका लागि मात्र नभई सबैका लागि उपयोगी र संग्रहणीय भएको बताए। ६ वटा कृति सिर्जना गरिसकेका लेखक तथा पत्रकार सिग्देलको लेखन शैली सरल र उत्कृष्ठ रहेको बताउँदै उनले आयोजक बिर्तामोड रिडर्सको स्थापनाले साहित्य सिर्जना तथा पठन संस्कृतिको विकासमा आशा जगाएको भन्दै खुशी व्यक्त गरे।

बरिष्ठ अधिवक्ता तथा साहित्यकार लीला उदासीले बिर्तामोडको विगतदेखि वर्तमानसम्मको सबै विषय समेटिएको उक्त पुस्तक सबैका लागि पठनीय भएको बताउँदै बिर्तामोडका विद्यालयमा अध्ययन अध्यापनका लागि सरकार तथा सरोकावालाले चासो राख्नुपर्ने उल्लेख गरे। समयमै यसको महत्व बुझ्न नसक्दा भावी सन्ततिले बिर्तामोडको इतिहास बिर्संदै आफ्नो दायित्वबाट बञ्चित हुने उनको भनाइ थियो।

बिर्ता रिडर्सका संयोजक समेत रहेका लेखक सिग्देलले लेखक र पाठकवीच पुलको काम गर्ने उद्देश्यका साथ हालै स्थापित संस्थाले आफ्नै पुस्तकबाट कार्य शुरु गरेको र बृहत् योजनाका साथ निरन्तर अघि बढ्ने बताए। आफ्ना पाठक तथा कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन गर्द‌ै आफू उत्साहित भएको र प्राप्त सुझावलाई प्रेरणाको रुपमा ग्रहण गर्दै आगमी संस्करण अझ परिमार्जित गरेर प्रकाशन गरिने बताए।

बिर्ता रिडर्सद्वारा आयोजित कार्यक्रम संस्थाका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा भएको थियो। पाठन संस्कृतिकको विकास र लेखन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले गठित संस्थाको पहिलोअौपरिक कार्यक्रम रहेको उक्त समारोहमा संस्थाको परिचयसमेत गराइएको थियो।

लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई, साहित्य,कला,संस्कृति प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसी भट्टराई, वरिष्ठ साहित्यकार हरिनारायण भट्टराई,साहित्यकार कृष्ण सुवेदी निराकार, दुर्गाप्रसाद सिग्देल, रत्नबहादुर बस्नेत,टीका चापागाईं,शिव रेग्मी,टेकनाथ शर्मा वाग्लेलगातको आतिथ्य रहेको थियो।

संस्थाका सहसंयोजक केशवप्रसाद मैनालीले अौचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन तिलक गजमेरले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here