तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक शिलान्यास

0
6

भोजपुर,

भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास भएको छ । तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गर्नुभएको हो ।

तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्यचौकीसम्म पहिलो र स्वास्थ्यचौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो चरणमा काम भइरहेको उहाँले बताउनुभयो । “तिवारीभञ्ज्याङ–अधेँरीघाट कृषि सडक कालोपत्रको शिलान्यास गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “सडकको काम दुई चरणमा भइरहेको छ । सडकलाई आगामी असार महिनासम्ममा सम्पन्न गर्ने सम्झौता छ ।”

“यो सडक हाम्रो गौरवको योजना हो”, अध्यक्ष राईले भन्नुभयो, “धेरै मेहनत गरेर श्रोतको व्यवस्थापन गरी कालोपत्रको काम थालनी गरेका छौँ । बजेट अभावको कारण पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । ”

प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरी सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु छ करोड ८८ लाख लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । तीनतले प्रशासनिक भवनमा सभाकक्षसहित २२ वटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ वटा कबल बनाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here