दुर्लभ वन्यजन्तुको संरक्षण गर

0
5

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था भए अनुसार सर्प प्रजातिका अजिङ्गर संकटमा पर्दै गएको छ । पर्यावरण चक्रमा सन्तुलन कायम राख्न महŒवपूर्ण मानिने अजिङ्गरले बालीनालीलाई हानी–नोक्सान पु¥याउने कीरा–फट्याङ्ग्रा र मुसा खाने गर्छ । जसका कारण सर्प प्रजातिकै अजिङ्गरलाई मित्र जीवन पनि भन्ने गरिन्छ । अझ हिन्दू र बौद्ध परम्परा र संस्कृतिमा घिस्रिने जातिका यी सर्पहरुलाई पवित्र मानिन्छ । सरिसृप वर्गको अजिङ्गर मुख्यतः एसिया, अफ्रिका र अस्ट्रेलिया महादेशमा पाइन्छ । प्रायः बाक्लो जंगलमा बस्ने अजिङ्गर रुखका ठूला मुडामा र सुकेका पातपतिंगरमा लुकेर बस्छ । कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासमा घाँसे मैदानमा पनि बस्छ । फराकिलो टाउको, सानो आँखाको नानी पहेंलो हुने यो जीवको शरीर सेतो र रंग छिरविरे हुन्छ ।

छ–सात फुट लामो हुने अजिङ्गर सर्प जातिको सबैभन्दा ठूलो र अविषालु हुन्छ । तर, यसले बाख्रा र मृगका पाठाहरु भने सिंगै निल्न सक्छ । प्रायः घना जंगलमा हुने यी सर्प हिजोआज गाउँबस्तीमा पनि देखिन थालेका छन् । संरक्षित वन्यजन्तुको सूचीमा रहेको अजिङ्गर झापाका अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकवल, बाह्रदशी लगायतका पालिकाहरुमा मानवबस्ती नजिक भेटिन थालेका अजिङ्गरलाई डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले सामुदाियक वनमा सुरक्षित रुपले छाड्ने गरिएको छ । उद्धार टोलीले गत आर्थिक वर्षमा एघार वटा अजिङ्गरको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको बताइएको छ । त्यस्तै चालू आर्थिक वर्षको पाँच महिनामा छ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित स्थलमा छाडेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

घना जंगलमा रहने अजिङ्गर कसरी मानव बस्तीमा पुगे त्यो त्यही क्षेत्रमा अध्ययन–अनुसन्धान गर्ने जानकारहरुले बताउँलान् । तर, आफ्नो बासस्थान छाडेर मानवबस्तीमा जानुका पछि वन अतिक्रमण प्रमुख कारण हुन सक्छ । वन विनाशका कारण आहारमा कमी आएपछि अजिङ्गर वासस्थानको खोजीमा समेत बाहिर आएका हुन सक्छन् । बढ्दो जनसंख्या, वन फँडानी, सीमसार क्षेत्रको अतिक्रमण, प्राकृतिक स्रोतको दोहन, डढेलो र कृषि प्रणालीमा प्रयोग गरिने विषादीका कारण संरक्षणमा चुनौति थपिएका बेला पर्यावरणको सन्तुलनमा समेत योगदान दिने यस्ता जीवको संरक्षणमा प्रभावकारी नीति बनाउन ढिलो गर्नुहुँदैन । शान्त प्रकृतिको मानिने अजिङ्गरको बासस्थान सुरक्षित गर्दै महŒवपूर्ण जैविक सम्पत्तिको संरक्षण गर्नु मानव जातिसँगै पर्यावरणका लागि समेत आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here