गलगलिया भन्सारको स्तरबृद्धि हुँदै

0
6

चिन्तामणि दाहाल,
भद्रपुर ।

भद्रपुरपारिको भारतीय क्षेत्र गलगलियामा सञ्चलानमा रहेको छोटी भन्सारको स्तरबृद्धि हुने भएको छ ।

नेपालमा भद्रपुरको मेची पुल हुँदै सबै प्रकारका बैध सामान लान र ल्याउन सुविधा हुने गरी भारतले गलगलियाको भन्सारलाई स्तरबृद्धि गर्न लागेको हो ।

भारतका केन्द्रीय गृहमन्त्री तथा सत्ताधारी भाजपाका प्रभावशाली नेता अमित साहले शनिबार जोगबनी नजिकको अररियामा स्थल बन्दरगाहको कर्मचारीका लागि आवासीय भवनको उद्घाटन गर्दै नेपाल भारत सीमानाका १९ वटा भन्सारको स्तरबृद्धि हुनेमा विहारका १० वटा भन्सार परेको बताएका हुन् ।

विहारका स्तरबृद्धि हुने १० वटा भन्सारमा गलगलिया, बैरगनिया, भीमनगर र कुनौली, जयनगर र बाल्मिकी नगर लगायत रहेका छन् । स्तरबृद्धि हुने भन्सारसँगै मानवीय आवत जावत, इमिग्रेसन, सामान ढुवानी लगायत हुने जनाइएको छ ।

गलगलिया भन्सारको स्तरबृद्धि सँगै हालै सञ्चालनमा रहेको मेची पुलको भरपुर उपयोग हुने, यतैबाट सामान आयात निर्यात गर्न पाइने, इमिग्रेसन भएपछि तेश्रो मुलुकका मानिस पनि यस नाकाबाट नेपाल प्रवेश गर्न र निस्कन पाउने सुविधा हुने भएकाले यसबाट भद्रपुरका लागि राम्रो हुने कोशी प्रदेशका पूर्वमन्त्री तथा भद्रपुरका पूर्व मेयर ओमप्रकाश सरावगीले बताए ।

गलगलिया भन्सारको स्तरबृद्धिका लागि बर्षौंदेखि भद्रपुर क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल भारत मैत्री संघ झापाले पहल गरिरहेकोमा अब सफलताको नजिक आइपुगेको संघका अध्यक्ष प्रदीपमणि रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here