चीनः यस्तो छ नेता, सैन्य अधिकारी र अर्बपति बेपत्ता श्रृंखला

0
4

काठमाण्डौं ।

गएको मंसिरमा चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेता एवं पूर्व उप–प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन्। तर चिनियाँ इन्टरनेटमा हंगामा मच्चाएको वेइबोमा रहेको उनको पोष्ट तत्काल हटाइयो।

खुलापत्रको रुपमा लेखेको उक्त पोष्टमा झाङले आफू र उप–प्रधानमन्त्री झाङ कम्तीमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन्। तर उक्त पोष्ट लगत्तै उनी बेपत्ता भइन्। त्यसको एक सातापछि स्टार टेनिस खेलाडी पेङ सुआईले आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको सिंगापुरको एक पत्रिकामा बयान दिइन्।

यो बीचमा सार्वजनिक रुपमा चिनियाँ उच्च नेतृत्वमाथि प्रश्न उठाउने अरु थुप्रै ‘हाइ प्रोफाइल’ लाई चीन सरकार वा कम्युनिस्ट नेतृत्वले गायब पारेको छ। बेपत्ता पारिएका वा अपहरणमा परेका सेलिब्रिटी, हाइप्रोफाइल व्यक्ति वा कलाकारको सूचीमा पर्ने चिनियाँ कलाकार एई वेइवेइ लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको वकालत् गर्ने र चीन सरकारको आलोचना गर्ने व्यक्ति हुन्। जो २०११ मा बेइजिङमा पक्राउ परे र ८१ दिन उनलाई विनाकारण कारागारमा थुनियो। यो घटनापछि चीन सरकारले उनको पासपोर्टसमेत खारेज गरेको थियो। लामो समय कडा निगरानीमा राखिएका उनी हाल भागेर बेलायत पुगेका छन्।

अर्बपति फिल्मस्टार तथा पप गायिका झाओ गएको अगस्टमा सार्वजनिक जीवनबाट यसैगरी गायब भइन्। युवालाई भड्काउने वा कम्युनिस्ट पार्टीको आदर्शबाट टाढा लैजाने काम गरेको भन्दै सरकारले उनको अनलाइन प्रस्तुति, फिल्म र टिभी शोमा प्रतिबन्ध लगायो। त्यसपछि झाओ नजरबन्दमा परिन्। पूर्वी चीनस्थित आफ्नै गृहनगरमा सीमित उनको अहिलेको जीवनशैली अज्ञात छ।

सी प्रशासनको प्रतिशोधको राजनीतिक घानमा पक्राउ परेका पूर्व सहायक मन्त्रीसमेत रहेका नेता हुन् मेङ होंगेइ। २०१६ मा इन्टरपोल प्रमुखको रुपमा चुनिएपछि विश्वभर चर्चामा आएका थिए। उनी २०१८ मा चीन भ्रमणकै क्रममा चीनबाट बेपत्ता पारिए। चिनियाँ राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका सारथि भनिएका उनी सीको राजनीतिक शत्रुहरूको शुद्धिकरण अभियानमा प्रयोग भए। तर सन् २०२० मा घुस खाएको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टीले कारबाही मात्र गरेन १३ वर्ष जेल सजाय तोक्यो। उनी अहिले जेलमा छन् भने उनकी पत्नी ग्रेस आफ्ना दुई सन्तानसहित फ्रान्समा शरण लिएर बसेकी छन्।

यही प्रतिशोधको घानमा परेका हङकङ केन्द्रित प्रकाशक तथा पुस्तक व्यापारी गुइ मिनहाइ सन् २०१५ को अक्टोबरमा थाइल्याण्डबाट गिरफ्तार भए। चिनियाँ मूलका स्वीडिस नागरिक गुइ चिनियाँ राजनीतिक सम्भ्रान्तको विवादास्पद जीवन शैलीबारे पुस्तक प्रकाशन गरेकै कारण पटकपटक पक्राउ परेका थिए। अहिले उनी कसैको सम्पर्कमा छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here