पुराणको आयब्यय सार्वजनिक

0
9

बिर्तामोड ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ को श्री पञ्चवटी वीरभद्र महाकाली धाम अन्तरगत शहरेडाँगीमा आयोजना भएको महायज्ञको आयब्यय सार्वजनिक गरिएको छ

गत मंसीर १५ देखि २१ गतेसम्म आयोजना भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराणको आम्दानी तथा खर्च बिहीवार (आज) पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो ।
पुराण आयोजक मुल समारोह समितिले महायज्ञ स्थलमै पत्रकार भेटघाट गरी आम्दानी खर्च सार्वजनिक गर्दै हर–हिसाव मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

पुराण मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरी र सचिव प्रेमराज घिमिरेले मन्दिर ब्यवस्थापनका अध्यक्ष इन्द्रमणि प्रसाई र सचिव सहदेव ढुङ्गानालाई खर्च तथा आम्दानीको बिल भौचरसहिस हिसाव हस्तान्तरण गरेका थिए ।

महायज्ञबाट ४१ लाख २५ हजार ४२७ रुपैयाँ आम्दानी भएको र खर्च २३ लाख ३४ हजार ६८१ रुपैयाँ भएको आयोजक समितिले हिसाव सार्वजनिक गरेको थियो । जसमध्ये स्थानीय सहकारीमा ८ लाख ८६ हजार ७२० रुपैयाँ, ग्लोबल बैंकमा क्यूआर मार्फत २ लाख १० हजार २९३ रुपैयाँ नगद बचत भारु र भेटी ५ हजार ४८८ नेरु रुपैयाँ मन्दिर समितिलाई हस्ताान्तरण गरेको छ भने रसिद काटेर उठ्न बाँकि ६ लाख ८८ हजार २४५ रुपैयाँको हिसाव समितिले सार्वजनिक गर्दै मन्दिर समितिलाई नै हस्तान्तरण गरेको छ ।

महायज्ञमा प्रमुख कथा बाचकका रुपमा भागवत् मञ्जरी राधिका दासी रहेकी थिइन् । पुराणबाट लक्ष्य अनुसार रकम संकलन नभएपनि समग्रमा पुराण सफल भएको अध्यक्ष गिरीले बताए । मन्दिरलाई ब्यवस्थि गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, जेष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने मुख्य उदेश्यले पुराणको आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

सामाजिक तथा धार्मिक कार्यमा साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी साथ र सहयोगको अपेक्षा रहेको पुराण आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here