झापामा साहित्य पत्रकार मञ्चको गठन

0
5

बिर्तामोड ।

पत्रकारिताको माध्यमबाट साहित्य क्षेत्रको उत्थान गर्दै साहित्य पत्रकारहरुको लेखन क्षमता वृद्धि गर्ने, लेखकहरुबीच सम्बन्ध विस्तार गर्दै विभिन्न लेखन कार्यशालाको आयोजना गर्ने उद्देश्यले झापामा साहित्य पत्रकार मंच गठन गरिएको छ ।

झापाको बिर्तामोडमा पत्रकारहरुको भेलाले साहित्य पत्रकार मञ्चको संयोजकमा पत्रकार तथा साहित्यकार हरि बराललाई सर्वसम्मत चयन गरिएको हो। नवगठित नौ सदस्यीय कार्य समितिको सह-संयोजकमा रविकिरण वान्तवा, सचिवमा भरत प्रसाईं,सह-सचिवमा मुना प्रसाईं,कोषाध्यक्षमा रत्नबहादुर बस्नेत रहेका छन।

त्यसैगरी सदस्यहरुमा सरोज पौडेल,एकराज प्रधान, देव बासकोटा र सञ्जु शिवाकोटी रहेका छन्। ११ सदस्यीय रहने मञ्चका बाँकी दुई सदस्य पछि थप गरिने बताइएको छ।

त्यस्तै संस्थाका सल्लाहकारमा कुमार भट्टराई, तीर्थ सिग्देल ,सन्तोष आचार्य,लीला अनमोल र दिपीन राई चयन गरिएको छ। पत्रकार तथा साहित्यकार हरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा लेखक तीर्थ सिग्देल र सन्तोष आचार्यले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार सरोज पौडेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here