मिडिया एक्सन नेपाल नवौं वर्षमा प्रवेश, अध्यक्ष पन्तद्वारा शुभकामना

0
12

बिर्तामोड ।

मिडिया एक्सन नेपाल नवौं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०७२ साल पुस ६ गते स्थापना भएको मिडिया एक्सन नेपाल आजबाट आठौं वर्ष पुरागरी नवौं वर्षमा प्रवेश गरेको हो ।

मिडिया एक्सन नेपालको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदैं मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिता क्षेत्रलाई जिम्मेवार ब्यवस्थित गर्नुका साथै जवाफदेही बनाउनु पर्ने बताउनुभयो । उहाँले पत्रकारितााको विश्वसनीयता घटेको प्रति चिन्ता ब्यक्त गर्दै मिडिया एक्सन नेपालले आगामी दिनमा अझ शसक्त ढङ्गबाट पत्रकारिता क्षेत्रलाई ब्यवस्थित बनाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो । अध्यक्ष पन्तले पछिल्लो समय विभिन्न बहानमा पत्रकारितामाथि अंकुश लगाउने काम भएको भन्दै त्यस विरुद्ध सरकारी निकायलाई मिडियाा एक्सन नेपालले खबरदारी गरिरहेको बताउनुभयो ।

मिडियाले आफ्नो मुख्य आधारभूमि राजनीतिलाई मान्दा पछिल्लो समय मिडियाप्रतिको विश्वसनीयता घट्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष पन्तले पत्रकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । पछिल्लो समय वैधानिक भ्रष्ट्रचार मौलाएको तथा आवााज बिहिनहरुको आवाज उठान गर्न पत्रकार चुकेको भन्दै अध्यक्ष पन्तले पत्रकारिता सत्ता पक्षको स्थायी प्रतिपक्षी भएर नागरिकका सवाल उठान गर्दै निरनतर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष पन्तले विगत सात वर्षदेखि मिडिया एक्सन नेपालले नेपाली पत्रकारितामा प्रेस स्वतन्त्रता र समावेशीता लागु गर्न गरिरहेको प्रयासले विस्तारै फड्को मारिरहेको अध्यक्षा पन्तको भनाई । मिडियाा एक्सन नेपालले स्थापना देखि अहिलेसम्म १० हजार बढी पत्रकारलाई लाभांवित हुनेगरी विभिन्न कार्यक्रम सम्पन्न गरेको र पत्रकारलाई तालिम तथा फेलोसिप जस्ता अवसर प्रदान गरी पत्रकारिताको माध्यममा टिकिरहन सघाएको बताइएको छ ।

मिडिया एक्सन नेपाल नवौं वर्षमा प्रवेश गरेको भन्दै कोशी संयोजक नरेन्द्र ढकालले पत्रकारितालाई जिम्मेवार र जवाापदेशी बनाउन मिडिया एक्सन नेपालले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्नुभयो ।

कोशी प्रदेशमा मिडिया एक्सन नेपालले विभिन्न समयमा तालिम तथा सेमिनारको आयोजना गर्दै पत्रकारहरुलाई जिम्मेवार पत्रकारिताको विषमा प्रशिक्षण दिएको संयोजक ढकालले मिडिया एक्सन नेपाालको सिंगो टिमलाई धन्यवाद दिनुभयो । मिडिया एक्सन नेपालले सात वटा प्रदेश र उपत्यका गरेर ८ जना संयोजक मार्फत विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here