को होला दोस्रो वर्षको प्रधानमन्त्री ?

0
7

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’दिएर सुरु गर्ने नवीन सोच सार्वजनिक गरेका छन ।

‘नयाँधक्का’को परिभाषानगरे पनिप्रधानमन्त्रीदाहालले यसलाई क्रमभंग कै नयाँ संस्करणजस्तो अर्थमा बुझे पनिहुने सुविधा दिएका छन् । क्रम भंग उनैले प्रचलन गरेको राजनीतिक फर्मूला मानिन्छ । ‘नयाँधक्का’मा जनताबाट साथ पाउने विश्वास प्रधानमन्त्रीको छ ।

राजनीतिक रुपमा सचेत मानिने कोशी प्रदेशको सुनसरी पुगेका प्रधानमन्त्री दाहालले इनरुवा सबस्टेशनको रिबिन काटेपछिउत्साहितहुँदै यसो भने– ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँढंगले केही धक्का दिएर सुरू गर्दैछु, म साँच्चै क्रम भंग गर्दैछु ।’

संसदीय निर्वाचनमा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रका अध्यक्ष हुन् दाहाल । पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेस र एमालेसँग चोइटिएर बनेको नयाँ दल नेकपा समाजवादी सहितको साथ लिएर उनी वर्षदिन देखि मिलिजुली सरकारको नेतृत्व गरिरहेका छन् ।

दुई दिनपछि ९ पुसमा दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा गर्दैछ । दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार सञ्चालन हुनेछ भन्ने सन्देश दिनपनि दाहालले नयाँधक्काको तुरुप फालेका हुन सक्छन् । अर्को वर्ष पनि दाहाल नै सरकारको नेतृत्वमा रहिरहलान् भन्ने कुनै निश्चित आधार त देखिएको छैन । तैपनि उनले वर्षदिनको पात्रो पल्टाउँदै आफूले भ्रष्टाचार विरुध्द जेहाद नै छेडेको दावी गर्दै चर्चित ठूला भ्रपटाचार काण्डको छानविन गर्न आयोग र समिति बनाउन पछि नपरेको देखाउन उनी डटेका छन् । अवैध सुन तश्करी, नक्कली शरणार्थी काण्ड र एनसेल शेयर बिक्री प्रकरणमा प्रधानमन्त्री दाहाल केही प्रखर भएर प्रस्तुत पनि भैरहेका छन् ।

सरकार दाहालकै नेतृत्वमा अघि बढिरहन्छ कि सत्ता समीकरणले कोल्टे फेर्छ भन्ने प्रश्नले उचित जवाफ पाउन सकिरहेको छैन । नेपाली कांग्रेसभित्रको प्रतिपक्षी बेञ्चबाट सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने स्वर गुञ्जिएको छ । वरिष्ठ नेता शेखर कोइरालाले नै दाहाल नेतृत्वको सरकारको कार्य कुशला माथि धावा बोलिसकेका छन् । माओवादीे नेतृत्वको सरकारको समर्थक बनिरहे नेपाली कांग्रेस झनझन कमजोर हुँदै जाने कोइरालाको तर्क रहेको छ ।

सभापति शेरबहादुर देउवाले पनि दाहाललाई नै समर्थन दिईरहने कि नयाँ विकल्प सोच्ने भन्ने बारेमा यतिञ्जेल कुनै प्रतिक्रिया दिईसकेका छैनन् । महामन्त्री गगन थापाले वरिष्ठ नेता कोइरालालाई नेपाली कांग्रेस संसदीयदलको नेतामाअघि सार्ने भनाई सार्वजनिक गरेर सभापति देउवालाई तर्साईएका छन् । तर, थापाको यो भनाईको अन्तर्य आगामी महाधिवेशनसँग सम्बन्धित रहेको आँकलन पनि गरिएको छ । नेता कोइरालालाई दलको नेतामा रोक्न पाए भावी सभापतिको उम्मेदवारीमा आफ्नो दावी बलियो हुने थापाको मनोकांक्षा हुन सक्ने विश्लेषण गरिएको छ । यसर्थ पनि सरकारको नेतृत्वमा ओवादी अध्यक्ष दाहालले पाईरहन्छन् भनेर विश्वास गरिहाल्ने बलियो आधार देखिँदैन ।

प्रसंग प्रधानमन्त्री पदमा दाहालको नेतृत्वको निरन्तरता रहला कि नरहला भन्ने नै छ । दाहालले केहीदिन अघि पार्टीका कार्यकर्ताहरु माझ अर्कै शब्दावली प्रयोग गर्दै भनेका थिए– ‘मेरो नेतृत्वको सरकारले एक वर्ष पूरा गर्नै लागेको छ । अर्कोवर्ष सुरु गर्दा म गियर चेञ्ज गर्ने छु । गियर चेञ्ज गर्दा गाडी केही हुत्तिएको जस्तो पनि लाग्न सक्ला तर म गर्नेछु , जनताको साथ पाउने नै छु ।’

काठमाडौंमा ‘गियर चेञ्ज’ गर्ने भन्दै गरेका प्रधानमन्त्री दाहालले नयाँमूडमा रहेको धरान नजिक पुगेर किन ‘नयाँधक्का’दिएर सरकारको नेतृत्वलाई आफ्नै काँधमा रहने दावी गरे भनेर चर्चा सुरु भैसकेको छ । बिगतमा दुइवटा सरकारको नेतृत्व गर्दा खल्लो अनुभव सँगाल्दै सिंहदरबारबाट बाहिरिएका दाहालले तेस्रो पटक सरकारको नेतृत्व गरिरहँदा भने केही नवीन र जनअपेक्षा निकटका कामहरु गर्ने प्रयाश गरेको प्रतिक्रियाहरु सुनिन्छन् । खासगरी भ्रष्टाचार विरुध्दका छलफल र प्रश्नोत्तरमा संसदीय समितिमा उपस्थित भएर दाहालले संसदीय गरिमाको महत्व बढाउँदै मन्त्रीहरुसँग वर्षदिनको प्रगति विवरण माग्दै कडा निर्देशन दिएबाट पनि सानो उपलव्धिमा पनि फुरुङ्ग पर्ने नेपाली समाजलाई खुशी पारेको देखिन्छ ।

गत संसदीय निर्वाचनमा सहकार्य गरेको दल नेपाली कांग्रेसलाई अनपेक्षित रुपमा धक्कादिएर नेकपा एमालेसँग सत्ता सहकार्य गर्न पुगेका थिए दाहाल । तर, प्रतिनिधिसभाको सभामुखको निर्वाचन सकिना साथै एमालेलाई धक्कादिएर फेरि फर्किएका थिए नेपाली कांग्रेससँग हातेमालो गर्न । राष्ट्रपतिपदमा सहयोग गर्ने वाचा गरेपछि नेपाली कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा समर्थन दिएको थियो । त्यसयता दाहालले कसैलाई पनि धक्का दिएका छैनन् एक वर्षसम्म । कार्यकालको दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार चलिरहने हो कि के हुने हो भन्ने कुरामा आफैं निश्चिन्त हुन नसकिरहेका दाहालले ‘नयाँधक्का’नामको शब्द तुरुप फालेर राजनीतिको केन्द्रमा बहस छेडेका छन् ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैंले नदिएर धोका दिएको सार्वजनिक रुपमै स्वीकारेका दाहालले राजनीतिको पहिलो धोका आफैंलाई अफाप सिध्द भएको निष्कर्ष निकाल्ने गरेका छन् । त्यसैगरी छिमेकी देश भारतलाई चिढ्याएको र सेना प्रमुख चलाएको बिषयलाई पनि उनले आफैंलाई धोका दिएको ठान्ने गरेका छन् । दाहाल राजनीतिक अवसर छिन्न धोका दिनपछि पर्दैनन् भन्ने सन्देश प्रशार भएको छ । यही धोकाको नयाँ संस्करण त होइन धक्का भनेर चर्चा सुरु भैसकेको छ । यसको सारभूत अर्थ के हो भनेर आगामी दिनहरुमा स्पष्ट हुँदै जाने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here