दुई नाल भरुवा बन्दुकसहित पक्राउ

0
7

ताप्लेजुङ।

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१त्रिवेणी वनबाट भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेएको छ ।

पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिमर समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त बनबाट भरुवा बन्दुक–दुई नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामग्रीहरु, खुकुरी–एक थान, गेटिस (गुलेली)– एक थान, मारेको कालिज– एक वटा र मोबाईल एक थानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here