उद्यमशिलता सम्बन्धी सात दिने तालिम सम्पन्न

0
5

अर्जुनधारा ।

स्थानीयस्तरमा रहेका महिलाहरुलाई उद्यमी बन्न आवश्यक कुराहरु बारे जानकारी दिने उद्देश्यले झापाको अर्जुनधारामा आयोजित सात दिने उद्यमशिलता सम्बन्धी सात दिने तालिम बुधबार सम्पन्न भएको छ ।

स्थानीय नारी चेतना समूहको आयोजना र ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा ३० जना बढी प्रशिक्षार्थीको सहभागिता रहेको समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।

अध्यक्ष विश्वकर्माको अध्यक्षता र वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सहभागीहरु चन्दा ढुंगेल, विधाता लामिछानेलगायतले तालिमको अनुभव बारे प्रस्तुत गरेको कार्यक्रममा प्रशिक्षक सन्तोषकुमार श्रेष्ठले तालिमबाट प्राप्त जानकारीलाई आफ्नो व्यावहारिक जीवनमा लागु गर्न सहभागीहरुलाई सुझाएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन समूहकी सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here