७० वर्षे सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

0
6

काठमाडौं ।

युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ ।

७० वर्षीया सफिना नामुक्वेयाले राजधानी कम्पालाको एक अस्पतालमा छोरी र एक छोरालाई जन्म दिएकी हुन् । बीबीसीका अनुसार सफिना नामुक्वेयाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

अस्पतालले सफिना नामुक्वेयालाई बधाई दिँदै उनलाई बच्चा जन्माउने सबैभन्दा वृद्ध महिला मध्ये एक भएको बताएको छ । महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकीट प्रयोग गरेको बताए ।

शिशुहरू ३१ हप्तामा समय नपुग्दै जन्मेका थिए र इन्क्यूबेटरमा राखिएको छ । दुवै शिशु अहिले स्वस्थ छन् । सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर, औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here