बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य पदमा निर्मल खत्रीले उम्मेदवारी दिने

0
9

बिर्तामोड।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने हुनु भएको छ ।

निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नु भएको हो । व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताउनु भयो । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उहांले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिनुभयो ।

सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गर्नु भयो । यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।

ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताउनु भयो । उहांले ढुवानी व्यवसायीको प्रतिनिधिकारुपमा खत्रीलाई अघि बढाइएको बताउनु भयो । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय हुनुहुन्छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन मिति घोषणा भएसंगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा हुनुहुन्छ । वाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here