प्रहरी कार्यालय झापाका डीएसपी रिजालको अवकाश

0
8

झापा l

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि अनिवार्य अवकाश पाएका छन् ।

धरान १२ चतरालाइन निवासी रिजालले २०५१ साल भदौ १६ गते प्रहरी सहायक निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी सितोरियो करातेका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

धरान बास्केटबल संघका संस्थापक सदस्य रहेका रिजाल हाल सुनसरी बास्केटबल संघका सल्लाहकार रहेका छन् ।

सूचना अधिकारी (प्रवक्ता) को रुपमा काम गर्दा झापाका सञ्चारकर्मीहरूले आ–आफ्नो ठाउँबाट गरेको सहयोग अतुलनीय र अविस्मरणीय रहेको बताउँदै उनले धन्यवाद दिएका छन् ।

सेवा निवृत्तपछि पत्रकारिता गर्ने आफ्नो चाहना रहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here