मोरङको मिक्लाजुङमा हात्ती, बिभिन्न स्थानमा क्षति

0
5

पथरीशनिश्चरे,

मोरङको मिक्लाजुङ गाउँपालिकाका बिभिन्न स्थानमा हात्तीले आतंक मच्चाएको छ ।

जंगली हात्ती खाने कुराको खोजी गर्दै बस्ती पसेपछि गाउँ आतङ्कित बनेको हो ।

मंगलबार राति मिक्लाजुङ ६ लगायतका बिभिन्न स्थानमा जंगली हात्तीले क्षती गरेको छ ।

मिक्लाजुङ ६ माथिलो कसेनीका बलभद्र खड्काको घरको किचेन सहित स्कुटर, सोही स्थानका लीला बुढाथोकी, ज्ञाननाथ गौतम लगायतको गोठ तथा किचेन भत्काएको स्थानीय गोविन्द निरौलाले जानकारी दिएका छन ।

मिक्लाजुङका अन्य धेरै स्थानमा समेत क्षति भएको बताइएको छ । क्षतिको बिवरण संकलन भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here