दोस्रो यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा–८लाई

0
11
अमित खम्बू
अर्जुनधारा । झापाको अर्जुनधारामाजारी दोस्रो यू–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८०को उपाधिअर्जुनधारा–८ले जितेको छ ।
अर्जुनधारा–७स्थितअर्जुनधारा खेलमैदानमाशुक्रबार सम्पन्नफाइनल खेलमाअर्जुनधारा–३लाई ०–२ गोल अन्तरले पराजितगर्दै अर्जुनधारा–८ले उपाधिजितेको हो ।
विजेता टिमको लागि खेलको १२औं मिनेटमा भूपेन अधिकारीले र २७औं मिनेटमा निखिलतामाङले गोल गरेकाथिए । जितसँगै प्रतियोगिताको विजेता टिमले नगदपुरस्कार ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गरेका छन् ।
       त्यसैगरी उपविजेताअर्जुनधारा–३ले नगद पुरस्कार ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गरेका छन् । त्यस्तै म्यानअफदी टुर्नामेन्ट अर्जुनधारा–८कानिखिलतामाङभएका छन् । उनले नगद पुरस्कार पाँचहजारसहित ट्रफी प्राप्त गरेका छन् ।
अन्यविधातर्फ फाइनल खेलको म्यानअफदीम्याचनिश्चल भण्डारी (अर्जुनधारा–८, बेष्ट गोलकिप्पर करण भूजेल(अर्जुनधारा–८), बेष्ट डिफेन्स सायाल खड्का(अर्जुनधारा–३), बेष्ट कोच सुमन ठकुरी(अर्जुनधारा–८), हाएस्ट स्कोरर प्रतिककन्दङवा(अर्जुनधारा–३),उनीहरुले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका छन् ।यताप्रतियोगिताको फेयर प्ले टिम अर्जुनधारा–७भएको छ ।
त्यस्तै गतवर्ष २०७९को यू–१८अनुशासित खेलाडीतर्फ अर्जुनधारा–१का सविन योङहाङलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । क्लबका सचिव हरि गुरुङको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिनगर उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय कुमारप्रसादउप्रेती र सीताराम भट्टराई, वडा सदस्यभीम राई, क्लबका सल्लाहकार टेकराजतिलिङ, युवाव्यवसायी सुरेन धिमाललगायतले पुरस्कारहरु वितरण गरेकाथिए ।
        सोहीकार्यक्रममाझापाजिल्ला फुटबल संघकोतर्फबाट क्लबलाई चार थान फुटबल प्रदानगरिएको थियो । उक्तकार्यक्रमको सञ्चालनप्रदीपतामाङ र दिपीकालोहारले संयुक्तरुपमागरेकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here