कञ्चनजंघा माविको १६ औं वाार्षिकोत्सव

0
7

झापा । बिर्तामोड–४मा रहेको कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालयले १६औं वाार्षिकोत्सव मनाएको छ । सांस्कृतिक कार्यक्रमसहित विद्यालयले १६ औं वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा तथा बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर वेद वेदाङ्ग संस्कृत पाठशाला श्री शंकराचार्यपीठ साधुटारलाई एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । प्राचार्य लक्ष्मी प्रसाद खतिवडालाई विद्यालयका संस्थापक तथा प्राचार्य गुरुभक्त न्यौपानेले नगद प्रदान गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक अनन्तकुमार राजवंशीले स्वागत गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि महतरासहित वेद वेदाङ्ग संस्कृत पाठशाला श्री शंकराचार्यपीठ साधुटारका प्राचार्य खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयले २०७९ सालको एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा विर्तामोड नगरपालिका–४का वडाध्यक्ष राहुल शर्मा, विर्तामोड शिक्षा शाखाका शिक्षा अधिकृत दिनेश आचार्य, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, समाजसेवी नन्दलाल न्यौपाने, चन्द्रमाया न्यौपाने लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नेहा खरेल, लेखिका अधिकारी, प्रजु घिमिरे, लिविता बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here