लेटाङ्गमा भरुवा बन्दुक सहित एक पक्राउ

0
8

लेटाङ्ग,

लेटाङ नगरपालिकाको लेटाङमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वडा नं २ स्थित पडानीका रुपेश राईकोे घरमा र उनका घर छेउमा रहेको होमपाईपमा लुकाई राखेको अवस्थामा उक्त अवैध बन्दुकहरु फेला परेका हुन् ।

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक भिमलाल ओलीको टोलीले खान तलासी गर्ने क्रममा वन्दुकहरु फेला पारेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here