नेपाली विशेषतासहितको समाजवादसम्बन्धी बहस

0
4

सुरुङ्गा ।

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा नेपाली विशेषतासहितको समाजवादसम्बन्धी बहस सम्पन्न भएको छ ।

लोटस रिसोर्ट सुरुङ्गामा सो पार्टीको पश्चिम झापा कमिटीद्वारा आयोजित वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् मेची ब्युरो इञ्चार्ज सुमनसिंह सीले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

उनले आफ्नो अवधारणापत्रमा वर्तमान राष्ट्रिय संकट, स्वाधीनताको संकट, जनजीवनमा संकट, संकटका कारक तत्त्व, निकासका लागि ध्रुबीकरण, संयुक्त मोर्चा निर्माण, आन्दोलन निर्माण लगायतका विषयमा प्रकाश पारेका थिए ।

केस सुमनसिंह सीले जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र मनोरञ्जनको प्रत्याभूतिसहितको नेपाली मौलिकतामा आधारित समाजवाद निर्माणका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, देशभक्त लगायतका अग्रगामी शक्तिसँग एकाकार हुँदै पुरातनपन्थी, यथास्थितिवादी, जनविरोधी, साम्राज्यवादी र प्रतिगामी शक्तिविरुद्ध सबै मोर्चा खोल्न र लड्न आफ्नो पार्टी तयार रहेको बताए ।

कार्यक्रममा लोकतन्त्रवादी बुद्धिजीवी टेकनारायण संग्रौला, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष प्रतीक राजवंशी, एमाले जिल्ला सदस्य ओम पाठक, नेकपा माओवादी केन्द्र नगर सहइञ्चार्ज शारदा पाठक, सचिव विष्णुप्रसाद बिमली, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला पूर्व अध्यक्ष भरतकुमार श्रेष्ठ, राष्टिय स्वतन्त्र पार्टी नगर सचिव मोहन थापा, प्याब्सन कनकाई अध्यक्ष बिनोद सुब्बा, सञ्चारकर्मीहरु तीर्थराज खरेल, लीलाराज झापाली, रामप्रसाद निरौला, आई.पी. भट्टराई लगायतले अवधारणापत्रमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेकपाका नेताहरु होम सी, सञ्जय सी, देवी सी, अर्जुन सी, एमाले नगर इञ्चार्ज रविन्द्र लम्साल, वाम बुद्धिजीवी डिल्लीराम पौडेल, केशव उप्रेती, नेकपा माओवादी केन्द्र कनकाई नगर अध्यक्ष यामनाथ सेडाईं लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here