कनकाईमा शिक्षकका लागि स्काउट तालिम

0
7

सुरुङ्गा ।

कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षकका लागि ६ दिने आवासीय आधारभूत स्काउट तालिम शुरु भएको छ ।

कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयमा चैत २३–२८ सम्म हुने ४१२ औं पीटीसी तथा ५६१ औं बीटीसी ६ दिने तालिममा कनकाई नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ३१ विद्यालयका ६५ जना शिक्षकको सहभागिता रहने कार्यक्रम संयोजक एडभान्स्ड स्काउटर राधादेवी केसीले जानकारी दिइन् । सो तालिमले स्काउट टिचर उत्पादन गर्नेछ, जसले आआफ्ना विद्यालयका विद्यार्थीलाई तालिम दिने केसीले बताइन् ।

सन् १९०७ मा बेलायतमा लर्ड रबर्ट बाडेन पोवेलद्वारा स्थापना भएको स्काउट विद्यार्थीलाई देशभक्ति, अनुशासन र मानवताको सेवा सिकाउने, स्वैच्छिक स्वयम्सेवाको लक्ष्य बोकको गैरराजनीतिक शैक्षिक अभियान हो । यसले विद्यार्थीको शारीरिक, बौद्धिक, सामाजिक र आध्यात्मिक विकास गरी उत्तरदायी, जिम्मेवार नागरिक निर्माण गर्न प्रमुख भूमिका खेल्दछ । नेपालमा स्काउट तत्कालीन युवराज महेन्द्र शाहको पहलमा २००९ साल असार ५ गते स्थापना भएको थियो ।

शुक्रवार एक भव्य कार्यक्रमका वीच उक्त तालिमको शुभारम्भ गरिएको थियो । कनकाई नगरपालिका सामाजिक विकास समितिका संयोजक नबलकिशोर दत्तको अध्यक्षता र वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा नेपाल स्काउट प्रदेश आयुक्त हेमन्त भण्डारी, नेपाल स्काउटको वरिष्ठ राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, कनकाई नगरपालिकाका स्रोत व्यक्ति मेदनीप्रसाद पाठक, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेल, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा खरेलको विशेष आतिथ्य रहेको कार्यक्रममा तालिमका कोर्स लिडर एवम् राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेतले उक्त तालिमको महत्त्व, उपादेयता, विधि र प्रक्रियाका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा कनकाई माविका व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाई, जनप्रतिनिधि गोविन्द सुवेदी, नेपाल स्काउट प्रदेश अधिकृत नवराज घिमिरे, बुद्धशान्ति गापा स्काउट स्थानीय आयुक्त शिवप्रसाद पौडेल, कमल गाउँपालिका स्काउट स्थानीय आयुक्त गुणराज गिरी, विर्तामोड नगरपालिका स्थानीय स्काउट आयुक्त निकुञ्ज शर्मा ढुङ्गाना, कोर्स लिडर एवम् प्रदेश महिला तालिम आयुक्त शिवानी देवान, स्काउट सहायक राष्ट्रिय प्रशिक्षक रीना राजभण्डारी, काउन्सिलरहरू अर्पण थापा, विजय गुरुङ, संगीता पराजुली, स्काउट मेची नगर कार्यसमिति सदस्य एवम् काउन्सिलर सुष्मा सुब्बा, कनकाई शिक्षक महासंघका पूर्व अध्यक्ष शारदा पाठक, पूर्व प्रधानाध्यापक गोपीकृष्ण भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश शेर्पा, सदस्य राजन पराजुली, सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

त्यसरी नै, प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बा, स्काउट प्रदेश सदस्य माया शिवाकोटी, पारिजात शिक्षा निकेतनका प्रिन्सिपल मोहन थापा, विद्योदय अंग्रेजी माविका संस्थापक विनोद उप्रेती, भृकुटी मा.वि. दुर्गापुरका प्रधानाध्यापक चण्डिकाप्रसाद उपाध्याय, आदर्श विद्या मन्दिर मा.वि.घैलाडुब्बाका प्रधानाध्यापक नरहरि न्यौपाने, चम्पापुर मा.वि.का प्रअ विष्णुप्रसाद कोइराला, सरस्वती मा.वि.जामुनाबारीका प्रअ नारायण अधिकारी, सिंहदेवी माविका प्रअ भोलानाथ ढुङ्गेल, दिव्यरत्न अंग्रेजी मा.वि.का प्रिन्सिपल सागर ढुंगाना, भगवती आधारभूत विद्यालयका प्रअ खड्गप्रसाद बिमली लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रम संयोजक राधादेवी केसीले स्वागत मन्तव्य राखेको कार्यक्रम कन्काई माविका सहायक प्रअ तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here