अर्जुनधारा–७ वडा कार्यालयद्वारा कृषक समूहलाई कृषि सामग्रीहरु वितरण

0
4

अर्जुनधारा ।

कृषि उत्पादन तथा प्रबद्र्धन कार्यक्रम अन्र्तगत अर्जुनधारा–७ नं. वडा कार्यालयले सोमबार एक कार्यक्रमकोबिच कृषक समूहलाई कृषि सामग्रीहरु वितरण गरेको छ ।

चालु आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत वडास्तरिय वार्षिक बजेट नीति तथा कार्यक्रममार्फत् वडा कार्यालय र कृषक समूहको ५० प्रतिशत साझेदारीमा उक्त कृषि सामग्रीहरु वितरण गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले जानकारी दिए ।

वितरण गरिएको कृषि सामग्रीहरुमा मकै छोडाउने मेसिन १० थान, मकै रोप्ने हाते औजार १५ थान र ड्याङ बनाउने तथा पूर्ने हाते औजार १५ थान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here