रोकेर राखेको म्याजिक भ्यानमा आगलागी

0
4

बिर्तामोड ।

झापको बिर्तामोड–१ स्थित नमुना टोलमा पार्किङ गरेर राखेको म्याजिक भ्यानमा आगलागी भएको छ ।

मे १ ज २१६४ नम्बरको रोकेर राखेको म्याजिक भ्यानमा अचानक आगलागी भएको थियो । कांकरभिट्टा–बिर्तामोड सञ्चालन हुने म्याजिक भ्यानमा आगलागी भएको हो ।

आगलागीबाट उक्त सवारीमा भित्रभाग जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो स्थानीय, बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी बुधबार राती ९ बजे भएको हो । घटनामा सम्बन्धमा प्रहरी अनुसन्धान शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here