वीरता जेसीजद्वारा सैनिक युथ क्लवलाई आठ थान फुटबल प्रदान

0
4

बिर्तामोड ।

वीरता जेसीजले खेल क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सैनिक युथ क्लवलाई आठ थान फुटबल प्रदान गरेको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको वीरता जेसीजले खेल क्षेत्रको विकास र विस्तारका लागि खेलाडीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले बिर्तामोड–१० स्थित खेल मैदानमा पुगेर सैनिक युथ क्लवलाई फुटबल हस्तान्तरण गरेको हो ।

वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सजेश शिवाकोटी, पूर्व राष्ट्रिय प्रशिक्षक प्रवेश कटुवाल, वडा सदस्य पृथ्वीबहादुर बस्नेत, नगर खेलकुद समितिका सदस्य सन्तोष गुरुङ, सैनिक युथ क्लवका कोषाध्यक्ष प्रभात मुखिया, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

वीरता जेसीजले बिर्तामोडमा रहेका फुटबल क्लवहरुलाई सहयोग गर्ने उद्देश्यले खेलकुद सामग्री प्रदान गरिएको वीरता जेसीजका महासचिव सुमन पोद्दारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here