राष्ट्रिय धान दिवसको अवसरमा कृषि विकास शाखा अर्जुनधाराको विविध कार्यक्रम

0
21

अर्जुनधारा ।

“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुख्य नारासहित २१औं राष्ट्रिय धान दिवसको सन्दर्भमा झापाको कृषि विकास शाखा अर्जुनधाराले शनिबार विविध कार्यक्रम गरि मनाएको छ ।

अर्जुनधारा–१ स्थित शान्ति कृषक समूहको व्यवस्थापन सहयोगमा स्थानीय जीवन चोकमा आयोजित उक्त कार्यक्रम अन्र्तगत डिकबहादुर दर्लामी मगरको खेतमा बेठीसहितको रोपाईं, सर्वोत्कृष्ट एवम् उत्कृष्ट कृषक समूह र कृषि फार्मलाई सम्मान, हिले दौड प्रतियोगिता, सहभागीहरुलाई दहीचिउरा वितरणलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक समूह र सर्वोत्कृष्ट कृषि फार्मको सम्मान क्रमश अर्जुनधारा–१०स्थित ज्योति कृषक समूह र अर्जुनधारा–२स्थित अग्र्यानिक कृषि फार्मलाई जनही नगद पुरस्कार १५ हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कृषक समूह र उत्कृष्ट कृषि फार्मको सम्मान क्रमश अर्जुनधारा–१स्थित संकल्प कृषक समूह, अर्जुनधारा–९ स्थित जागृती कृषक समूह र अर्जुनधारा–१स्थित तुलसा कृषि तथा पशुपंक्षी कृषि फार्मलाई जनही नगद पुरस्कार १० हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

त्यस्तै पुरुष हिले दौड प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमश कुलचन्द्र गौतम, रमेश अधिकारी र देवमणि ढकाल तथा महिला हिले दौड प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमश निकिता मिश्र, रञ्जिता नेपाल र जमुना सुवेदीलाई नगद पुरस्कार क्रमश १५ सय, एक हजार र पाँच सय प्रदान गरिएको थियो ।

यता पुरुष जनप्रतिनिधि–कर्मचारी हिले दौड प्रतियोगितातर्फ प्रथम मदनकुमार लिमेल मगर, द्वितीय कृष्णराज जोशी र तृतीय सीताराम भट्टराई तथा महिला जनप्रतिनिधि–कर्मचारी हिले दौड प्रतियोगितातर्फ प्रथम इन्द्रकुमारी विश्वकर्मा, द्वितीय देवीका सुवेदी र तृतीय चन्द्रमाया तामाङ भएका छन् ।

सोही कार्यक्रममा शान्ति कृषक समूहकोतर्फबाट परम्परागत खेतीको संरक्षणमा योगदान पु¥याउने कृषकहरु गंगा गिरी, टंकबहादुर गहतराज, नरविर आचार्य, मेघनाथ खतिवडा र लोकनाथ वाग्लेलाई एक–एक थान रेनकोट वितरण गरिएको थियो ।

उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष उपेन्द्र बस्नेतलगायतले मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा–३स्थित मनकामना महिला नौमती बाजा समूहले बेठी प्रस्तुत गरेका थिए । शान्ति कृषक समूहले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख एञ्जिला बेडारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here