मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

0
1

काठमाडौँ,

प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।

आजको बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको चौसट्ठिऔं वार्षिक प्रतिवेदन पेस गर्नुहुने छभने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here