विदेश जाने सपना नदेख्नहोस् : पूर्व नगर प्रमुख ढकाल

0
9

मोरङ,

मोरङको सुन्दरहरैचा ८ मा अवस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागि स्वागतम कार्यक्रम गरेको छ । विराटचोकमा रहेको नेपालिरिका होटलमा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै पूर्व नगर प्रमुख ढकालले हाम्रै देशमा अथाह संभावनाहरु रहेकोले प्लस टु सक्ने बित्तकै विदेश जाने सपना नदेख्न आग्रह गरेका थिए। देशमा आजका युवाले परिवर्तनमा हरतरहले सहपाठी बन्न सक्नुपर्ने बताएका थिए ।

संभावनाको ढोका खोल्ने युवाले नै भएकोले यसको समुचित प्रयोगमा टेक्सास ब्राइट फ्युचर स्थल भएको बताए । स्थलको भरपुर प्रयोग गर्नुपर्ने बताउँदै उनले नयाँ विद्यार्थीहरुलाई उज्वल भविश्यको शुभकामना दिएका थिए ।

उनले आफ्नो छोराको उदारहरण दिंदै भने,’मेरो छोरा पनि प्लस टु सकिने बित्तकै विदेश जान्छु भनेको थियो मैले कन्सभिन्स गाराए अहिले यहिँ एउटा कन्सलटेन्सी खोलेर केहि न केहि ब्यबसाय गरिरहेको छ।’ त्यसैले तपाईहरु पनि विदेश जाने मनस्थिति नबनाएर देशमै केहि गर्नुहोस हामी अविभावकत्वको भूमिका निर्वाह गर्छौ।’

‘प्रविधिको उच्चतम प्रयोग गर्दै भरपुर फाइदा उठाउँदै युवा पुस्तालाई अब्बल बनाउनको लागि म आग्रह गर्न चाहन्छु । ११ कक्षा रमाइलो गर्ने समय भएपनि गलत शैली नसमाई उत्तरदायी बन्नु जरुरी छ,उनले थपे। नेपालिरिका होटलका मेनेजर आकाश दुलाल पनि ब्राइट फ्युचर सेकेण्डरी स्कुलकै पूर्व विद्यार्थी भएकाले उनी बाट पनि केहि सिक्न अनुरोध गरेका थिए।

कार्यक्रममा स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ब्राइट फ्युचरको आँगनमा आउने विद्यार्थीहरु अब्बल भएर निकाल्ने प्रयास जारी रहने बताउदै स्कुलले नेपालिरिका होटलसँग सहकार्य गरेर होटल मेनेजमेन्टको कक्षा पनि संचालन गरिएको बताए।

दक्ष, लगनशील, अनुभवी तथा विद्वान व्यक्तिहरुको संलग्नतामा शिक्षण प्रशिक्षण गराउँदै आएको स्कुलले पारिवारीक वातावरणमा दक्ष विद्यार्थी उत्पादनमा अहम भूमिका निर्वाह गरिरहेको प्रिन्सिपल ढकालले बताए। उक्त स्कुलमा करिव १ हजार दुई सय विद्यार्थी अध्यनरत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here