नयाँ सृष्टि पुर्नस्थापना केन्द्रमा कुटपिट,तीन जना घाइते

0
12

झापा । सुधार केन्द्रमा उपचारका लागि राखिएका व्यक्तिलाई घर लैजाने क्रममा विवाद हुँदा तीन जना घाइते भएका छन् । नयाँ सृष्टि पुनस्र्थापना केन्द्र बिर्तावजारमा उपचारका लागि उनीहरुलाई राखिएको थियो ।

पुनस्थापना केन्द्रमा रहेका उनीहरुलाई घर फर्काउनका लागि हरहिसाव मिलाउदा भएको विवादका क्रममा कुटपिट हुँदा अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । पुनस्थापना केन्द्र आकाश खड्काले सञ्चालन गरेका छन् ।

घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।
सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ ।

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताए । ‘ईलाका प्रहरी कार्यालयमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, म अहिले ईलाका आएको छु–खड्काले भने–‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सीसी क्यामेराको फुटेज हेर्दा हुन्छ । उनले कुटपिट गरेको बिषय अस्विकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here