माइवेनीमा आवद्ध महिलाको जीवनस्तर उकास्न कृषि र पशुपालनमा जोड

0
11

झापा, माइवेनी महिला कृषि सहकारी संस्थामा आवद्ध महिलाको जीवनस्तर उकास्न कृषि र पशुपालनलाई जोड दिएको छ ।
शिवसताक्षी नगरपालिका १० मा रहेको सहकारीले आफ्ना शेयर सदस्यको जीवनस्तर उकास्न मकै,तरकारी,दलहन र तेलहन खेती सहित पशुपालनमा जोड दिँदै सरल कृषि कर्जा समेत उपलब्ध गराएसंगै त्यहाँका महिला स्वाबलम्बी बन्दै गएका हुन् । सहकारीले कृषि र पशुपालन गर्न सहकारीमा आवद्ध महिलाका लागि एक/एक करोड रुपैयाँ लगानी गरेको छ । जसबाट आयआर्जनका क्षेत्रमा महिलाले फड्को मारेको सहकारीकी अध्यक्ष रोहिता मिश्र भट्टराईले बताइन् ।

सकारीको १४ औं वार्षिक साधारण सभाका अवसरमा आयोजित बोल्दै सहकारीकी अध्यक्ष भट्टराईले महिला उद्यमीका लागि मौसमी तथा बेमौसमी सब्जी खेतीका लागि बीउ, घास खेतीका लागि बीऊ निःशुल्क उपलब्ध गराउँदै आएको बताइन् । त्यस्तै कृषि औजार खरिदमा समेत सहकारीले आफ्ना शेयर सदस्यका लागि ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की, मकै रोप्ने– छोडाउने मेसिन सहितका कृषि उपकरण प्रदान गरिएको बताइन् । उनले कृषि क्षेत्रमा एक करोड ७२ लाख १२ हजार, तीन सय र पशुपालन क्षेत्रमा एक करोड ३७ लाख ६९ हजार आठ सय ४० रुपैयाँ लगानी गरिएको बताइन् ।


‘पारिको होइन वारिको’ सागसब्जी उपभोग गरौं भन्ने अभियान चलाएर संस्थाले शेयर सदस्यहरुलाई मौसमी तथा बेमौसमी खेतीमा लागत सहयोग पुगोस् भन्ने उद्देश्यले ५३ लाख ९ सय रुपैयाँ खर्च गर्दै आलू, रायो, घीऊसीमी बोडी, खुर्सानी, काउली, टमाटर, तोरी, मुला लगायतका तरकारीको बीऊ निःशुल्क उपलब्ध गराएको अध्यक्ष भट्टराईले बताइन् ।
ऋणी शेयर सदस्यहरुलाई एक लाख भन्दा माथि कर्जा लगानी गरिएमा कर्जा संरक्षणका लागि बीमाको समेत व्यवस्था गरिएको छ । शेयर सदस्यहरुले घास खेती गरेमा घाँसको बीउ संस्थाले भण्डारण गरेर निःशुल्क बितरण समेत गर्दै आएको बताइएको छ ।
सहकारीले कृषक लक्षित कार्यक्रम सञ्चालन गर्न थालेसंगै शिवसताक्षी नगरपालिकाले समेत ५० प्रतिशत साझेदारीमा कृषि उपकरण प्रदान गरेको छ ।
सहकारीका सदस्यलाई प्रत्यक्ष फाइदा पुग्ने गरी एक÷एक थान मकै छोडाउने र रोप्ने मेसिन, दुई थान एक पाङ्ग्रे ढेला र दुई थान इलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान गरेको बताइएको छ ।
नगरपालिकाकै सहयाोगमा कुटानी पिसानी मेसिन प्राप्त गर्दै मकै , धान, कुटानी पिसानीका लागि सहजता तुल्याइएको अध्यक्ष भट्टराईको भनाई छ ।
सकारीले खोजौं नेपाली रोजौंं नेपाली र नेपाली बस्तु प्रयोग गरौ , नेपााली भएकामा गर्व गरौं भन्ने नाराका साथ घरेलु तथा साना उद्योगको लगानी र संस्थाको व्यवस्थापनमा २० जना महिलालाई झोला तथा पोशाक उत्पादन सम्वन्धि एड्भान्स तालिम प्रदान गरेको छ । तालिम लिएपछि १० जनाले झोला तथा पोशाक उत्पादन गरेको बताइएको छ । उनीहरुले उत्पादन गरेको सामग्री कार्यक्रमका अतिथिलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।
आर्थिक मन्दीका वावाजुद पनि सहकारीले १३ लाख ४८ हजार चार सय २८ रुपैयाँ ४२ पैसा खुद नाफा गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ५४ लाख ३८ हजार १९ रुपैयाँ ६३ पैसा आम्दानी गरेकोमा ४० लाख ८९ हजार ५ सय ९१ रुपैयाँ २१ पैसा खर्च गर्दै उक्त नाफा गरेको अध्यक्ष भट्टराईले बताइन् ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीकी ब्यवस्थापक इन्दिरा दाहाल निरौलाले स्स्वागत तथा लक्ष्मी खतिवडाले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी वडा नम्वर १० का वडाध्यक्ष हर्क सिगू, निर्वतमान वडाध्यक्ष कर्णवहादुर थापा, गैडे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरवहादुर कार्की,सतासी महुरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी दाहाल, माइधार वजार व्यवस्थापन समिति अध्यक्ष डम्वर वहादुर तिम्सिना, समाजसेवी कुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ज्येष्ठ महिला योगमाया सुवेदी, सुकमाया लिम्बू, कृषि उद्यमी शान्ता बुढाथोकी, एसइइमा उत्कृष्ट अंक ल्याउने सुवर्णा चौहान, उत्कृष्ट बचतकर्ताहरु कमला संग्रौला चापागाई, गंगामाया रायमाझी, असलऋणी मुना पाण्डे, फूलमनी मर्डी, संस्थालाई सहयोग पु¥याउने गैडे सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको थियो ।
तीज मिलन सहित आयोजना गरिएको कार्यक्रमको संचालन संस्थाकी सहित विमला प्रसाई संग्रौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here