एमाले वडा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

0
20

अर्जुनधारा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) अर्जुनधारा–११ नं. वडा कमिटीको गत भदौ १५ गते सम्पन्न भएको दोस्रो वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
स्थानीय लक्ष्मीधापस्थित नमूना विश्राम गृहको सभाहलमा शनिबार आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा निर्वाचन समितिका प्रमुख सन्तकुमार राईले नवनिर्वाचित अध्यक्ष वीरबहादुर राई, उपाध्यक्ष नन्दलाल खतिवडा, सचिव प्रेमबहादुर रिमाल, उपसचिवद्वय किरण ओली र इन्दिरा पोखरेललगायत २१ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पार्टीको विधान अनुसार ३१ सदस्यीय कमिटीको बाँकी सदस्यहरु आगामी बैठकबाट मनोनित गरिने कमिटीका नवनिर्वाचित उपाध्यक्ष खतिवडाले जानकारी दिए ।
पार्टी प्रदेश कमिटीका सदस्य एवम् अध्यक्ष मण्डलका अध्यक्ष सुमन नेम्वाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन निर्वाचन समितिका प्रमुख राईले गरेका थिए । कार्यक्रममा अध्यक्ष मण्डलका सदस्यहरु खगेन्द्र इङनाम, बिमला मैनाली, सहीकुमार राई, वृखबहादुर प्रधान, निर्वाचन समिति सदस्य किरण जवेगुलगायतको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा एकीकृत समाजवादी पार्टी परित्याग गरेका कमल श्रेष्ठ र जीवन खत्रीले नेकपा(एमाले) पार्टीमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here