आकाशगंगा सूर्योदय सहकारीको १६ औं सभा

0
14

गोपाल अधिकारी,
झापा ।

आकाशगंगा सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै बिमा संस्था र अस्पतालहरुसंगको सहकार्यमा आफ्ना शेयर सदस्यहरुलाई बिमा कार्यान्व्यन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आकाशगंगा सूर्योदय बचत तथा ऋण सहकारीले १६ औं वार्षिक साधारण सभाको अवसरमा विमा कार्यक्रमलाई पहिलो प्राथमिकता दिदैं आफ्ना शेयर सदस्यको स्वास्थ्यका विषयमा चासो र चिन्ता ब्यक्त गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमहरुलाई प्राथमिकता दिन सहकारी लागि परेको सो अवसमारमा बताइएको छ । कुल नाफा रकमबाट यस कोषका लागि ५ प्रतिशत रकम छुट्टीयाउने निर्णाय गर्दै सहकारीले आफ्ना कार्यक्रमहरु अघि बढाएको छ । सहकारीका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव थापा, चेम्बर अफ कर्मश कोशी प्रदेशका अध्यक्ष ओमकृष्ण बिमली, उपाध्यक्ष सन्तोष अग्रवाल, नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रसााईले महिला, बालबालिका तथा मजदुरहरुले एक–एक गर्दै जम्मा गरेको रकमको सुरक्षा हुनुपर्ने बताइन् । उनले सहकाारीले समाजमा धेरै राम्रा काम गरेपनि केही छिटफुट घटनाले सिंगो सहकारीको बदनाम भएको उल्लेख गरिन् ।

अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पुँजी दुई करोड २४ लाख ८७ हजार चार सय रुपैंया, निक्षेप तर्फ पाँच करोड १० लाख ८० हजार १९४ रुपैंया रहेको जानकारी दिए । त्यस्तै कर्जा लगानी तर्फ सात करोड ५९ लाख ९८ हजार १५२ रुपैंया, कुल आम्दानी एक करोड ३३ लाख सात हजार ९७९ रुपैंया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट निक्षेप तर्फ कल्पना ढुङगाना, उत्कृष्ट ऋणी तर्फ गंगा बराल, उत्कृष्ट कर्मचारी तर्फ ब्यवस्थापक केवश सुवेदी, कर्मचारी ग्रगादेवी बुढनथोकी र बसन्त तामाङलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष विशाल शिवकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवीप्रसाद घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here