झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्य तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा सभा इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष राजकुमार कार्कीले स्वागत गरेको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय प्रथम उपाध्यक्ष एन्ड्रियू पौडेल, महासचिव दीपकराज भूषाल, सचिव भवनाथ हुँमागाई, इक्यानका सल्लाहकार पुष्पराज भट्टराई सहित संस्थापक अध्यक्ष सन्तकुमार शर्मा कट्टेल(सुमन)पूर्ब अध्यक्ष मिलन ओली, माछापुच्छ्रे बैंकका विभागीय व्यवस्थापक माधव थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
यसैबीच संस्थाका कोषाध्यक्ष चुडामणि प्रसाईलाई उत्कृष्ठ घोषणा गर्दै सम्मान गरिएको थियो भने झापा शाखाले केन्द्रीय अध्यक्ष भट्टराईलाई सम्मान गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झाापाका सचिव अशोक भण्डारीले जानकारी दिए ।
समारोहमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा आवद्ध सदस्यलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको थियो भने केन्द्रले झापा शाखाका पादाधिकारीलाई प्रमाणपत्र वितरण गरेको थियो ।