पूर्व गृहमन्त्री लामिछाने दम्पत्तीलाई मुद्धा

0
5

झापा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित उनकी पत्नी निकिता पौडेल विरुद्ध मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।
रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।
निकितालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। ‘निकिता लगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएका हौं,’ उनले भनिन् । लामिछानेको सम्पत्ति पौडेलमा पनि गएको भन्दै जफत गर्नका लागि प्रतिवादी बनाइएको बताइएको छ ।
रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो । यसका साथै लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ ।
यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।
कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।
साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।
१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।
आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो । आठ वटा कम्पनि र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here