कमल ।

झापाको कमल गाउँपालिकामा प्रथम कमल क्याम्पोरी शुक्रवारबाट शुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा शुक्रवारबाट सूर भएको क्याम्पोरी तीनदिन सम्म सञ्चालन हुने प्रथम कमल क्याम्पोरी आयोजकले जनाएको छ ।
“स्वयम् सेवा, अनुशासन र सहकार्य ः कमल स्काउटको पहिचान” भन्ने उद्घोष का साथ २ रात ३ दिन सम्म सञ्चालन हुने गाउँपालिका स्तरीय क्याम्पोरी मा कमल गाउँपालिका भित्र रहेका १२ वटा विद्यालयका ४ सय ५० जना स्काउट ५० जना स्काउटर र करिब ५० जना अतिथिका बिच कमल गाउँपालिकाका उपाध्यक्ष तथा कमल स्काउटका अध्यक्ष प्रमिला न्यौपाने तिवारीले क्याम्पोरीको उद्घाटन गर्नु भएको थियो ।

क्याम्पोरी उद्घाटन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य , विभिन्न विद्यालयका प्रधानाध्यापक , विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएको उपस्थिती रहेको थियो ।
क्याम्पोरमा सहभागी स्काउटले २२ वटा साहसिक कार्य सहित अन्य वौधिक प्रतियोगितामा समेत सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गर्ने नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरीले बताउनुभयो ।
क्याम्पोरीमा सहभागी स्काउटले युथ फोरम, केसस्टडी, सहकार्य, अनुशासन लगाय का कुरा सिक्ने छन । जुन कार्यले विद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याउन सहयोग पुग्ने क्याम्पोरी व्यस्थापन समितीका संयोजक मात्रिका सुबेदीले बताउनुभयो ।






























