खोरेत रोग बिरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम यस वर्ष पनि निरन्तर

0
72
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको पशुपन्छी तथा मत्स्य विकास शाखाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको पशुचौपायामा खोरेत रोग बिरुद्धको भ्याक्सिन लगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
खोरेत रोगका कारण पशुचौपायामा हुने जोखिमलाई न्यूनिकरण गर्दै पालिकालाई स्वस्थ दूध र मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्ष २०८२÷०८३को स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार भेटघाटमा शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
यही कात्तिक २३ गते अर्जुनधारा नगरपालिका–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट शुरु हुने उक्त कार्यक्रम सोही दिन अमलडाँगी र भित्री गाँउमा क्षेत्रमा सञ्चालन हुने बताइएको छ ।
त्यसैगरी कात्तिक २४ गते सोही वडाको फुटबल ग्राउण्ड, कैदले र कुम्भिटार क्षेत्र एवम् कात्तिक २५ गते बुढी सुखानी, डाँडागाँउ र मिलनचोक क्षेत्रमा सञ्चालन कार्यक्रम हुने छ् । त्यस्तै कात्तिक २६ गते अर्जुनधारा नगरपालिका–२स्थित साठीमुरे, लाप्चेटार र दाहालटार क्षेत्र, कात्तिक २७ गते गाँजाबारी मिश्रटार, शान्ति सामुदायिक वन उपभोक्ता समूह र बेलटार  डेरी क्षेत्र एवम् कात्तिक २८ गते  झेलेनी, २ नं. वडा कार्यालय र मिलन चोक क्षेत्रमा कार्यक्रम सञ्चालन हुने छ ।
एक महिनासम्म सञ्चालन हुने उक्त कार्यक्रम पालिकाको अन्य वडाहरुमा पनि सञ्चालन हुने बताइएको छ । कार्यक्रम सञ्चालन भएसँगै कृषकहरुको पशुचौपायामा खोरेत रोगको जोखिम कमी भई उत्पादनमा वृद्धि भएको शाखा प्रमुख राईले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here